नेपाल चिकित्सक संघको आह्वानमा यतिबेला देशैभरिका चिकित्सकहरू आन्दोलित भएका छन् । बिहीबार बिहान नेपालगन्जका चिकित्सकहरू गणेशमान चोकस्थित संघको कार्यालयमा प्रदर्शन गरिरहेका बेला भेरी अस्पतालमा भने बिरामीहरू चिकित्सक पर्खिरहेका थिए । संघले आकस्मिक सेवाबाहेक अन्य सेवा र सम्पूर्ण क्लिनिक अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्न आह्वान गरेको छ ।
नेपालगन्ज ।
चिकित्सकहरूले बिहीबार बाँकेसहित देशभर विरोध प्रदर्शन गरेका छन् । चिकित्सकहरू आन्दोलन गर्दै सडकमा आएपछि अस्पतालमा बिरामीहरू भने अलपत्र परेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा यतिबेला देशैभरिका चिकित्सकहरू आन्दोलित भएका हुन् । बिहीबार नेपालगन्जका चिकित्सकहरू गणेशमान चोकस्थित संघको कार्यालयमा प्रदर्शन गरिरहेका बेला भेरी अस्पतालमा भने बिरामीहरू चिकित्सक पर्खिरहेका थिए ।
सुर्खेतको भेरीगंगाबाट पिसाबसम्बन्धी समस्या देखाउन आएका दिलबहादुर परियार अस्पताल परिसरमै निराश देखिन्थे । ‘बल्लतल्ल फुर्सद मिलाएर उपचारका लागि आएको थिएँ, त्यही पनि चिकित्सकको आन्दोलनले डाक्टर भेट्न पाइनँ,’ परियारले भने, ‘अब कहा“ जाउ“, कसो गरुँ भएको छ ।’
बर्दियाको ठाकुरद्वाराबाट आएका श्याम खनाल आमाको उपचारका लागि बिहान १० बजे अस्पताल पुगे । ११ बज्दासम्म पनि चिकित्सक बस्ने क्याबिनको ढोका खुलेन । ‘अस्पतालका अरू कर्मचारीलाई सोधेपछि मात्रै थाहा पाएँ कि चिकित्सकहरू आन्दोलनमा छन् भन्ने, उनले भने, ‘मलार्ई त नेपालगन्जका चिकित्सकहरूले अस्पताल नै बन्द गर्नेसम्मको आन्दोलन गर्नुभएको छ जस्तो लागेको थिएन । निकै दुःख पाइएको छ ।’
संघले आकस्मिक सेवाबाहेक अन्य सेवा र सम्पूर्ण क्लिनिक अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्न आह्वान गरेको छ । सुरक्षाको माग गर्दै चिकित्सकहरूले पटक–पटक गरेको आन्दोलनको मारमा बिरामीहरू परेका छन् । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको सुरक्षा मिलाउने जिम्मेवारी सरकारले पूरा गर्नुपर्ने र अस्पताल नै बन्द गर्ने जस्तो अप्रिय काम चिकित्सकबाट हुन नहुने सर्वसाधारणको भनाइ छ ।
नेपालगन्जका सबै अस्पताल बन्द हु“दा पश्चिमका धेरै बिरामी प्रभावित भएका छन् । यहाँ टाढाटाढाबाट बिरामी आउने गरेका छन् । अस्पताल बन्द हुँदा उनीहरूलाई उपचारमा त समस्या हुन्छ नै खान बस्न पनि धौ–धौ पर्ने गरेको छ ।
नेपाल चिकित्सक संघ भेरी शाखाले देशका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भइरहेका शृंखलाबद्ध आक्रमणको विरोध गरेको छ । शाखाले एक विज्ञप्ति जारी गर्दै चिकित्सकहरूमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, स्वास्थ्यजस्तो सवेदनशील क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा खलल पु¥याइएको जनाएको छ ।
यस्ता घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै आन्दोलन बाध्यता भएको शाखाले बताएको छ । शाखाका अध्यक्ष डा. विनोद कर्ण र सचिव दिनेश चौधरीले जारी गरेको विज्ञप्तिमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सुनियोजित रूपमा गरिएका सांघातिक आक्रमणप्रति भत्र्सना गरिएको छ ।
स्वास्थ्यकर्मीमाथि हातपात गर्ने र अस्पतालहरूमा तोडफोड गरिएका घटनाले स्वास्थ्य संस्थामा असुरक्षित वातावरण सिर्जना भएको डा. कर्णले बताए ।
शाखाको आकस्मिक बैठकले सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाको सुरक्षाको माग गर्दै बिहीबार नेपाल चिकित्सक संघ भेरी शाखाको प्रागंणमा उपस्थित भई शान्तिपूर्ण आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको थियो ।
बैठकले असोज ११ गतेदेखि अर्को निर्णय नहुँदासम्म सम्पूर्ण अस्पतालहरूमा आकस्मिक सेवाबाहेक अन्य सेवा र सम्पूर्ण क्लिनिकहरू बन्द गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्