भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्दछन् ।
नेपालगन्ज ।
नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ (भारु) एक सयभन्दा ठूला दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको स्मरण गराउँदै त्यस्तो कार्यमा संलग्न नहुन निर्देशन दिएको छ । राष्ट्र बैंकले सामाजिक सञ्जालमा सर्वसाधारणका लागि वित्तीय चेतनाका लागि भन्दै सार्वजनिक सूचना नै जारी गर्दै भारु नोट कारोबारसम्बन्धी व्यवस्थाका बारेमा स्मरण गराएको हो ।
भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजारबराबरको भारु (१०० वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन/लैजान सकिन्छ भने योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने उल्लेख गरेको छ ।
नेपालमा भारु १०० दरभन्दा ठूला दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको छ । भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनि चेन्जरबाट पनि लिन सक्दछन् ।
कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने केन्द्रीय बैंकले जनाएको छ । प्रतिबन्धित दरका भारतीय नोट साथमा नराख्न र स्वदेशभित्र नेपाली मुद्रामा मात्र कारोबार गर्न राष्ट्र बैंकले सार्वजनिक आह्वान गरेको छ ।
नेपालका सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार हुने गरेको छ ।
विशेषतः नेपालगन्जमा यस्तो कारोबार धेरै हुने गरे पनि नियमन हुन सकिरहेको छैन । केही समय अघिसम्म भारतीय रुपैयाँको सस्तोमा कारोबार हुन थाल्नुले नेपालमा ‘अनौपचारिक अर्थतन्त्र’को थप विस्तार भएको अर्थमा लिइएको थियो ।
सीमा क्षेत्रमा ‘वित्तीय संयन्त्र बाहिर हुने अनौपचारिक’ कारोबारमा अहिले प्रति १०० रुपैयाँ भारुमा कम्तीमा पाँच रुपैयाँसम्म कमी आएको त्यस क्षेत्रका व्यवसायी र स्थानीयबासी बताउँछन् ।
नेपाली र भारतीय मुद्राबीच दशकौँदेखि स्थिर विनिमय दर रहँदै आएको छ अर्थात् नेपालमा १०० रुपैयाँ भारुको १६० रुपैयाँ नेरु तिर्नुपर्छ । अन्य मुद्राको सटही दर हरेक दिन परिवर्तन भए पनि भारुको हुँदैन ।
तर करिब एक महिनादेखि सीमावर्ती क्षेत्रमा नेपालीहरूले ‘अनौपचारिक माध्यम’मा प्रति १०० रुपैयाँ भारु १५५ रुपैयाँसम्ममै पाउन थालेको त्यस क्षेत्रका स्थानीयबासीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्