बाँके ।
लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले राप्तीसोनारी र नरैनापुरको सुरक्षा अवस्थाको बारेमा चासो राखेकी छन् । सुरक्षा अवस्थाबारे चासो राख्दै उनले सोमबार इलाका प्रहरी कार्यालय भगवानपुरमा सो क्षेत्रका सुरक्षा अधिकारीहरूसँग छलफल गरेकी हुन् ।
भगवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन रायमाझी तथा मातहतका प्रहरी अधिकारीसँग पूर्वमन्त्रीसमेत रहेकी सांसद नमुनाले पछिल्लो सुरक्षा अवस्थाबारे छलफल गरेकी थिइन् । सुरक्षा अवस्थाका बारेमा जानकारी लिँदै उनले प्रहरीको भौतिक अवस्थाका बारेमा चासो राखेकी छन् ।
राप्तीसोनारी गाउ“पालिका–६ र ७ तथा नरैनापुर गाउ“पालिकाका सबै वडाहरू कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय भगवानपुर नरैनापुरमा यहा“को सुरक्षा अवस्था, मातहतका प्रहरी कार्यालयको भौतिक अवस्थालगायतको विषयमा छलफल भएको सांसद नमुनाले जानकारी दिइन् ।
पक्की सडकको पहुँच पुगेसँगै सडक दुर्घटनासमेत बढ्दै गइरहेकोमा उनले चासो राख्दै सडक दुर्घटना न्यूनीकरणमा प्रहरीले भूमिका खेल्नुपर्ने बताइन् । ‘केही वर्षयता यो क्षेत्रमा पक्की सडक पहुँच पुगेको छ । कतिपय स्थानमा बन्ने क्रममा छन्,’ सोही क्षेत्रबाट निर्वाचित सांसद नमुनाले भनिन्, ‘अब यहाँका नागरिकलाई ट्राफिक नियमसम्बन्धी प्रहरीले सचेतना दिनुपर्छ ।’
यस क्षेत्रमा पछिल्ला दिनहरूमा सवारी दुर्घटना र चोरीका घटनाहरू बढिरहेकाले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षाकर्मीहरूलाई निर्देशन दिइएको सांसद नमुनाले बताइन् । नेपालीका ठूला चाडपर्वहरू आउँदै गरेकाले यस क्षेत्रको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न उनले सुरक्षाकर्मीहरूलाई आग्रह गरेकी थिइन् ।
इलाका प्रहरी कार्यालय भगवानपुरको अत्याधुनिक भवन बनेर प्रयोगमा आइसकेको बताउँदै सांसद नमुनाले अब आफू अन्य प्रहरी चौकीको भौतिक संरचना निर्माण गर्नमा केन्द्रित रहने प्रतिबद्धता जनाइन् । छलफलमा इलाका प्रहरी कार्यालय भगवानपुरका साथै त्यसमातहतका कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्