कोहलपुर ।
अमर मिलन बहुउद्देश्यीय सहकारी संस्था कोहलपुरको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन कोहलपुर नगरपालिका–५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले पानसमा दियो बालेर गरेका थिए ।
शुभकामना मन्तव्य राख्दै अध्यक्ष श्रेष्ठले सहकारीले महिलाहरूलाई बचत गराउने बानीको विकास गराएको भन्दै आगामी दिनमा संस्थाको विकासका लागि वडा कार्यालयबाट आर्थिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुबेदीले सहकारीहरू नीति, विधि र प्रविधिअनुरूप चल्नुपर्ने बताए । सहकारीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका चले जसरी चल्ने गरी नीति बनाएर धेरै खर्चिलो नगरी सञ्चालनमा आउनुपर्ने उनको भनाइ छ । सुबेदीले कुनै पनि समस्या आइपरे जिल्ला सहकारी जुनसुकै बेला सहयोग गर्न तयार रहेको बताए ।
संस्थाका अध्यक्ष अन्तबहादुर चन्दले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८९–८० को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०–०८१ का लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष २०८९–८०मा संस्थाले बचततर्फ २२ लाख, ७१ ह्जार, ९ सय ७२ रुपैयाँ संकलन गरेको बताउँदैे वार्षिक कारोबार २४ लाख ३६ हजार ५ सय पु¥याउन सफल भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्