घट्यो सुनचाँदीको मूल्य



काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ८ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय ५० रूपैयाँ कायम छ।

चाँदीको मूल्य आज प्रतितोला एक हजार चार सय पाँच रूपैयाँ कायम छ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज ३ गते बुधबार