हिजो काम, आज काम
काम विदेशमा
काम भन्दा के नै छ र आमा विदेशमा
फिल्मका अभिनेतासमेत रहेका प्रशान्त तामाङले यसमा स्वर दिएका छन् । बि.बि अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन् ।
नारायण रायमाझी निर्देशित ‘परदेशी–२’ बडा दशैँको अवसर पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले संयुक्त निर्माण गरेका हुन् ।
प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतले फिल्ममा अभिनय गरेका छन् ।
गीतकार रमेश बिजीको लेखन रहेको फिल्मले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरूको कथा पेस गर्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत फिल्ममा समेटिएको छ ।
मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्