नेपालगन्ज बसपार्कमा निःशुल्क पिउने पानीको व्यवस्था



नेपालगन्ज ।

नेपालगन्ज बसपार्कको गेटमा शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले सिद्धार्थ बैंकको सहयोग र शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्सको संरक्षण र व्यवस्थापनमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था गरेको हो ।

मंगलबार उद्घाटन गर्दै नगरप्रमुख बिष्टले सार्वजनिक स्थलमा नागरिकलाई पिउने पानीको व्यवस्था गर्न उपमहानगर गम्भीर भएको बताए ।
उनले सबैको सहकार्यमा यस्तो व्यवस्था अन्त गर्न पनि तत्पर रहेको उल्लेख गरे ।

बिष्टले यस क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज ३ गते बुधबार