तीजको मेला हेरेर फर्किंदा चट्याङ लागेर एकको मृत्यु



बाँके ।

तीजको मेला हेरेर फर्किने क्रममा दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । महाबुस्थानको एक्ले सल्लोमा सोमबार साँझ तीजको मेला हेरेर फर्किने क्रममा उनीहरूलाई चट्याङ लागेको थियो ।

चट्याङ लागेर महाबु गाउँपालिका–३ बासीका १६ वर्षीय किशोर दाहालको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दैलेख प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपकसिंह बिष्टका अनुसार चट्याङ लागेर अन्य ९ जना घाइते भएका छन् । उनीहरूको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

महाबुस्थानको एक्ले सल्लोमा तीजको मेला हेरेर फर्किने क्रममा चट्याङ लाग्दा १० जना घाइते भएकामा दाहालको उपचारका क्रममा दैलेख जिल्ला अस्पतालमा ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधबार