मदिरा सेवन गरेका छोराले रिसको झोकमा चिर्पट प्रहार गर्दा बाबुको मृत्यु



कपिलवस्तु  ।

कपिलवस्तुमा छोराले चिर्पट दाउरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ।

जिल्लाको बाणगंगा नगरपालिका ८ पुलचोकमा मादक पदार्थ सेवन गरेका छोराले रिसको झोकमा बुबालाई चिर्पट प्रहार गरेको प्रहरीले जनाएको छ।

२५ वर्षीय छोरा भुवन दर्जीले चिर्पट प्रहार गर्दा ६२ वर्षीय बुवा बलबहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको हो।

चिर्पट दाउराले हानेपछि गम्भिर घाईते भएका बुबा बलबहादुरलाई अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

भुवनलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज २ गते मंगलबार