ढकेरी नजिकै राजमार्गमा शक्तिशाली माइन विस्फोट



बाँके ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, ढकेरी नयाँगाउँ नजिकै आइतबार बिहान सडकमा शक्तिशाली माइन विस्फोट भएको छ ।

ढकेरीदेखि तीन किलोमिटर पूर्वमा द्वन्द्वकालीन समयमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

‘नेपाली सेनाको टोलीले समेत विस्फोट भएको स्थानको अवलोकन अवलोकन गरेको छ’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट द्वन्द्वकालीन समयमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएकोजस्तो देखिन्छ ।’

विस्फोट भएको स्थानबाट प्रहरीले तार लगायतका केही बस्तुहरू समेत बरामद गरेको छ । विस्फोटबाट सडकमा ३ फिट गहिरो गाल्डो परेको थियो ।

विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेको बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

विस्फोटबाट मानवीय क्षति भएको छैन ।

प्रकाशित मिति : २०८० भदौ ३१ गते आइतबार