8 September 2024  |   आइतवार, भदौ २३, २०८१

दुर्घटनामा परी भारतमा दुई नेपालीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २७, २०८०  

बाँके ।

भारतको हिमाञ्चल प्रदेशमा सवारी दुर्घटनामा परेर रोजगारीका लागि गएका दुई नेपालीको मृत्यु भएको छ ।

रूकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको दुर्घटनामा परेर मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

दुर्घटनामा परेर आठबीसकोटका तीन जनासहित अन्य केही नेपाली घाइते भएको आठबीसकोटका स्थानीय दलजित विकले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेका छन् ।

कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको ट्रिपर दुर्घटनामा परेको भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । मृतक र घाइतेहरू गत मंसिरमा रोजगारीका लागि भारतको हिमाञ्चल गएको बताइएको छ ।

प्रकाशित मितिः बुधबार, भदौ २७, २०८०     2:14:01 PM  |