23 September 2023  |   शनिबार, अशोज ६, २०८०

एक एयर होस्टेसको निर्ममतापूर्वक हत्या, क्लिनर पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ १९, २०८०  

एजेन्सी ।

मुम्बईमा एक एयर होस्टेसको हत्याको सनसनीपूर्ण घटना बाहिर आएको छ। जहाँ एक एयर होस्टेसको आफ्नै फ्ल्याटमा निर्ममतापूर्वक हत्या गरिएको थियो।

उनको रगतले लत्पतिएको शव प्रहरीले फ्ल्याटबाट बरामद गरेको छ। यस घटनाको अनुसन्धान अगाडि बढाउँदै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्राविधिक प्रमाणका आधारमा निजी हाउसकिपिङ फर्ममा क्लिनरको काम गर्ने अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अहिले प्रहरीले हत्याको कारण खोजिरहेको छ। यो घटना मुम्बईको पवई क्षेत्रको हो। प्रहरीले आइतबार राति एयर होस्टेस रुपल ओग्रेको शव उनको फ्ल्याटबाट फेला पारेको थियो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर हत्याराको खोजी सुरु गरेको थियो। उनी भर्खरै एउटा एयरलाइन्समा ट्रेनी एयरहोस्टेसको रूपमा काम गरिरहेकी थिइन्।

 

प्रकाशित मितिः मङ्लबार, भदौ १९, २०८०     8:36:08 PM  |