संस्थाले नगरविकास कोषमार्फत लिएको ऋणको साँवा ब्याज गरी तीन करोड ३४ लाख बुझाउन बाँकी छ । उक्त रकम बुझाउन ऋणदाता नगरविकास कोषले ताकेता गरिरहेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।
बाँके ।
कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा चन्दा निषेध गरिएको छ । ऋणमा रहेको संस्थालाई मितव्ययी बनाउका लागि चन्दा नदिने लगायतका सुधारका कार्ययोजना बनाउन लागिएको अध्यक्ष टेकनारायाण भुषालले बताए ।
‘संस्था ऋणमा भएका कारण मितव्ययी बन्नैपर्ने भएको छ । आर्थिक विषय लगायत संस्था सुधारका कार्ययोजना बनाएर त्यसलाई सार्वजनिक गर्छौ’ अध्यक्ष भुषालले मिसन टुडेसँग भने ।
संस्थाको कार्यालयमा ‘संस्थाको आर्थिक अवस्था कमजोर भएको हुँदा आर्थिक सहायता तथा चन्दा बन्द गरिएको छ ।’ भन्ने पोष्टर टाँसिएको छ । संस्थाले नगरविकास कोषमार्फत लिएको ऋणको साँवा ब्याज गरी तीन करोड ३४ लाख बुझाउन बाँकी छ । उक्त रकम बुझाउन ऋणदाता नगरविकास कोषले ताकेता गरिरहेको संस्थाले जनाएको छ ।

तर ऋण तिर्न नसकेको संस्थाका पदाधिकारीले बिगतमा आफै निर्णय गरी अनेकथरी भत्ताका नाममा ठूलो रकम खर्च गरेको भेटिएको
थियो । उक्त विषय निकै विवादित बनेपछि साधारणसभामा नयाँ नेतृत्व चयन गरिएको हो । त्यसपछि सुधारका कामहरु भइरहेको अध्यक्ष भुषाल बताउँछन् ।
कोहलपुर आसपासका पाँच हजार १ सय ८१ घरधुरीलाई पानी खुवाईरहेको संस्थाका पदाधिकारीले आर्थिक दोहन गरेको बिषय २०८० जेठ २ र ३ गते सम्पन्न आठौं वार्षिक साधारणसभामा उठेपछि हर्कबहादुर बुढ्थापाको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको थियो । उक्त समितिको प्रतिवेदन सार्वजनिक भएपछि मात्रै ऋणमा रहेको संस्थाका पदाधिकारीले मच्चाएको आर्थिक दोहनको खुलासा भएको हो ।
बुढ्थापा संयोजक रहेको समितिले सार्वजनिक गरेको प्रतिवेदनमा संस्थामा विभिन्न शीर्षकमा संस्थाको विधान, प्रचलित कानुन तथा तोक आदेशका भरमा निणर्य हुने गरेको प्रष्ट पारिएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७२/०७३ देखि २०७९/०८० वैशाखसम्मको आयव्यय तथा आर्थिक विवरणसम्बन्धी छानबिनको क्रममा देखिएका बेथिती उल्लेख छन् ।
छानविन समितिका संयोजक बुढ्थापाले छानबिनको क्रममा कार्यालयबाट उपलब्ध कागजात, बिल, भरपाई, हिसाब, संस्थाको विधान, कार्य समितिको निणर्य, लेखा परीक्षण प्रतिवेदन, आर्थिक ऐन नियम, संस्थाले पेस गरेका वित्तीय बिल, भरपाई विवरणलगायतबाट सोधनी गरी प्राप्त विवरणका आधारमा प्रतिवेदन पेस गरेको बताए ।









प्रतिक्रिया दिनुहोस्