स्वास्थ्य समीक्षा गर्दै बाँसगढी



मधुर पौडेल । बाँसगढी ।

बाँसगढी नगरपालिका स्वास्थ्य शाखाको बार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । आर्थिक वर्ष २०७९/०८० को दुई दिने समीक्षा गोष्ठीको नगर प्रमुख खड्क बहादुर खड्काले बिहीबार उद्घाटन गरे । नौं वटा वडामा रहेका स्वास्थ्य संस्था र नगर अस्पताल गरी १२ स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र वडा अध्यक्षहरुको उपस्थितिमा गोष्ठी भइरहेको छ ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले नागरिकहरुलाई सन्तोषको अनुभुति गर्ने गरी काम गर्न सकेमात्र सेवा प्रवाहको औचित्य पुष्टि हुने बताए । विभिन्न महामारी र प्रकोपको बेला स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले उत्कृष्ट काम गरेरको स्मरण गर्दै नगरप्रमुख खड्काले सेवा प्रवाहलाई अझै जनमुखी र नागरिकमैत्री बनाउन विगतको गम्भीर समिक्षा गर्नु पर्नेमा जोड दिए ।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा औषधी अभावको जनगुनासो आउने गरेको भन्दै यसको पुर्व तयारी गर्नुपर्ने उनले बताए । बार्षिक समिक्षाले विगतको मुल्यांकन गर्दै आगामी रणनीति बनाउन सहयोग गर्ने खड्काले दाबी गरे ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख महेश थारूले बार्षिक समिक्षा गोष्ठिको उद्देश्यमाथि प्रकाश पारेका थिए । शाखा प्रमुख थारूले कार्यक्रमको समिक्षा तथा विश्लेषण गरी त्रुटि सच्याउने, राष्ट्रिय प्राथमिक प्राप्त कार्यक्रमको लेखाजोखा गरी भावी कार्ययोजना निर्माण गर्ने बताए ।

उपलब्धि तथा आइपरेको समस्याको अध्ययन एवम विश्लेशन गर्ने, चालू आर्थिक वर्षका लागि कार्ययोजना निर्माण गर्ने, धरातलीय यथार्थ विश्लेशन गरी भाबी रणनीति बनाउने लगायतका उद्देश्यले बार्षिक समिक्षा गोष्ठीको आयोजना गरेको थारूले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरीले बार्षिक समिक्षाले आगामी कार्ययोजना तया गर्न सहज हुने बताए । स्वास्थ्य संस्थालाई अझै कसरी प्रभावकारी रुपमा बढाउन सकिन्छ भन्नेबारेमा नीति नियम र प्रक्रियाको बारेमा सहजिकरण गर्ने बताए ।

सामाजिक विकास समिति संयोजक एवंम् वडा नम्बर– ८ का वडाध्यक्ष तुल प्रसाद गौतमको अध्यक्षतामा भएको बार्षिक समिक्षा गोष्ठि कार्यक्रममा बाँसगढी नगरपालिका नगर प्रमुख, खड्का, उपप्रमुख ईन्दिरा चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मन प्रसाद रेग्मी, सबै वडाका वडाध्यक्ष, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ८ गते शुक्रबार