दाङ ।
दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मंगलबार साँझ तुलसीपुर उपमहानगरपालिका– ८ चमेखोलामा रा ४ प ९९०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हुँदा एक युवकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी राजन कुमार गौतमले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका– २ का २६ वर्षीय कमल डाँगी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनाबारे अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०८० साउन ३१ गते बुधबार









प्रतिक्रिया दिनुहोस्