जनमत पार्टीकी अनिता देवीले लिइन् शपथ



काठमाडौं ।

जनमत पार्टीकी सांसद अनिता देवी साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।

जनमतलाई सरकारमा सहभागी गराउन यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाइएको हो । मोदीको ठाउँमा साहलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

पुस २६ मा २ सय ६८ सांसदको विश्वास पाएका दाहालसँग अहिले सत्तापक्षमा १ सय ५६ मात्र सांसद छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८० साउन २९ गते सोमबार