शिवानी विक । कोहलपुर ।
नापतौल यन्त्र दर्ता तथा नवीकरणसम्बन्धी सिविर सोमबारदेखि कोहलपुरमा सुरु भएको छ । कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्जको समन्वयमा उक्त शिविरको सुरु भएको हो ।
सिविर साउन २८ गतेसम्म सञ्चालनमा हुने आयोजकले जनाएको छ । व्यवसायीहरुले गुणस्तर नापतौलको दर्ता तथा नवीकरण गर्न नेपालगन्ज जानु पर्ने बाध्यतालाई मध्यनजर गरी नापतौल तथा क्षेत्रीय गुणस्तर कार्यालयसँग समन्वय गरी सिविर सञ्चालन गरिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले जनाए ।
‘यो सिविरले यहाँका व्यवसायीलाई सहयोग पु¥याउने छ,’ उनले भने, ‘यसमा यहाँका व्यवसायीको उल्लेख्य सहभागिता हुने अपेक्षा छ ।’ व्यवसायीहरुको हकहितका लागि उद्योग वाणिज्य संघ सधैभरि लागि पर्ने अध्यक्ष पौडेलले बताए ।
नापतौल यन्त्र दर्ताका लागि पटकपटक नेपालगन्ज धाउन पर्ने बाध्यतालाई मध्यनजर गरी यो सिविरले सहज हुने उनको भनाइ छ । कोहलपुरमा हाल दुई हजार पाँच सयजना व्यवसायी छन् ।









प्रतिक्रिया दिनुहोस्