बाँके ।
काठमाडौंबाट आएको जहाज नेपालगन्ज विमानस्थलमा ल्याण्ड गर्ने बेला ‘रन वे’ मा कुकुर देखिएपछि जहाजले ओभर सुट गरेको छ । मंगलबार अपरान्ह्र श्री एयरलाइन्सको जहाजले ल्याण्ड गर्ने बेलामा ‘रन वे’ मा कुकुर देखिएपछि ओभर सुट गरेको हो ।
नेपालगन्ज विमानस्थल प्रमुख सुरेश खनालले ‘रन वे’ मा कुकुर देखिएको पुष्टि गरे । ‘जहाज ल्याण्ड गर्ने बेलामा ‘रन वे’ मा कुकुर देखिएपछि ओभर सुट गरिएको थियो,’ उनले मिसन टुडेसँग भने, ‘कुकुरलाई धावनमार्गबाट धपाएपछि जहाजलाई अवतरण गराइएको थियो ।’
नेपालगन्ज विमानस्थल स्रोतका अनुसार पहिलोपटक ओभर सुट गरेको उक्त जहाज दोस्रोपटक मात्र ल्याण्ड गरेको थियो । ओभर सुट गरेको श्री एयरलाइन्सको जहाजले विमानस्थललाई एक फन्को लगाएको थियो ।
‘अपरान्ह्र साढे चार बजेको समयमा जहाज ल्याण्ड गर्ने क्रममा ‘रन वे’ मा कुकुर देखिएपछि जहाज ओभर सुट गरिएको हो,’ श्री एयरलाइन्सका एक कर्मचारीले भने, ‘रन वे मा केही देखिएमा जहाज ओभर सुट गर्ने गरिन्छ मंगलबार पनि कुकुर देखिएपछि गरिएको हो ।’
एक फन्को लगाइसकेपछि सुरक्षित रूपमा अवतरण गरेको जहाज पछि नेपालगन्जबाट यात्रु लिएर काठमाडौं फर्किएको थियो ।









प्रतिक्रिया दिनुहोस्