दाङ ।
चित्तलको १७ केजी मासुसहित दाङमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमही–६ का ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा–६ का ३० वर्षीय मनोज थापा मगर, गढवा–६ कै ३१ वर्षीय करण केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
उनले आइतबार बेलुकी साढे पाँच बजे घोराही–३ कुइरेपानीमा चेकजाँच गर्नेक्रममा जेब्रा झोलामा लुकाएको अवस्थामा चित्तलको मासु फेला परेको बताए ।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय घोराही, दाङलाई बुझाइएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० साउन १६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्