धनगढी ।
कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ।
जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो। आइतवार शव फेला परेको प्रहरीले जनाएको छ।
उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८० साउन १४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्