स्रोत नखुलेको ४८ लाख रुपैयाँसहित एक जना पक्राउ



कपिलवस्तु ।

कपिलवस्तु नगरपालिकास्थित नयाँटोलबाट स्रोत नखुलेको ४८ लाख रुपैयाँ नगदसहित एक व्यक्ति पक्राउ परेका छन्।

मंगलबार साँझ सवा ६ बजेतिर ४७ वर्षीय सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीसँग कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको हो । स्थानीय रामदेव बर्माको घरमा भाडामा लिएर अवैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रेमबहादुर बस्नेतले बताए ।

पक्राउ परेका गुप्तालाई थप अनुसन्धान गर्न बरामद पैसासहित बुधबार राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरीले जानकारी दिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० साउन १० गते बुधबार