साेता खोलामा आएको बाढीले बगायो स्कार्पियो, चालकको उद्धार



दाङ ।

लगातारको वर्षासँगै आएको बाढीले दाङको तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको स्कार्पियो बगाएको छ।

तुलसीपुर- १४ जनकपुर नजिक साैडीयार सर्सा सडकखण्डमा पर्ने साेता खाेलामा आएको बाढीले तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बगाएको हो।

बिहान करिब ११ बजेतिर बाढीले बगाएको स्कार्पियो निकाल्ने प्रयास भइरहेको प्रहरी सहायक निरीक्षक दीपक चन्दले जानकारी दिए।

स्कार्पियोमा चालक मात्रै रहेको र उनको उद्धार गरिएको प्रहरीले बताएको छ।

जिल्लामा बिहानदेखि परिरहेको पानीका कारण नदी तथा खोलाहरुमा पानीको बहाव ह्वात्तै बढेको छ।

सरोकारवालाहरुले सावधानी अपनाउन आग्रह गरेका छन्।

  • No tags available
प्रकाशित मिति : २०८० साउन ९ गते मंगलबार