नेपालगन्ज ।
पश्चिम नेपालमा पाँच हजारभन्दा धेरै स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्न सफल नेपालगन्जस्थित कैलपाल हस्पिटल एण्ड हेल्थ कलेजकी निर्देशक रेवती सिंहलाई मलेसियाबाट हालै ‘बेष्ट टेक्निकल कलेज अवार्ड’ प्रदान गरिएको छ । मलेसियामा आयोजित भव्य कार्यक्रमका बीच सिंहलाई अवार्ड प्रदान गरिएको हो ।
अष्ट्रेलियाको एक्जिटो एजुकेसनले एक्जिटो अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड सिंगापुर–२०२३ आयोजना गर्दै आएको छ । उक्त अवार्डका लागि नेपालमा त्यसमा पनि नेपालगन्जबाट सिंहलाई बेष्ट टेक्निकल कलेज अवार्डबाट मनोनित गरिएको थियो ।
अवार्ड ग्रहण गरेपछि नेपालगन्ज फर्किएकी सिंहलाई कैलपाल हस्पिटल एण्ड कलेजलगायतका प्राविधिक शिक्षालयमा बधाई एवम् स्वागत गरिएको छ । विद्यार्थी, शिक्षक एवम् कर्मचारीहरुले उक्त अवार्ड प्राप्त गरेकोमा सिंहलाई बधाई दिँदै गौरवको दिनको रुपमा स्मरण गरे ।
सिंहलाई पश्चिम नेपालमा स्वास्थ प्राविधिक जनशक्ति उत्पादनको श्रेय जान्छ । उनले २०६० सालमा स्थापना गरेको कैलपाल हस्पिटल एण्ड हेल्थ कलेज पश्चिम नेपालमा निम्न वर्गका विद्यार्थीका लागि रोजगारी प्राप्तिको गतिलो खुट्किलो त बन्यो नै देशमा देखा परेको स्वास्थ्य जनशक्ति अभाव टार्नसमेत मद्दत गरेको छ ।
कैलपालमा अध्ययन गरेका अधिकांश विद्यार्थी सरकारी सेवाका माध्यमबाट गाउँगाउँमा स्वास्थ्य सेवा दिइरहेका छन् । कैलपालमा एचए, रेडियोग्राफी, सिएमए, ल्याबलगायतको अध्ययन हुँदै आएको छ ।
स्वास्थ्य प्राविधिक क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएबापत सिंहलाई अवार्डका लागि मनोनित गरिएको हो । उनी सामाजिक काममा समेत उत्तिकै सक्रिय छिन् ।
प्रतिक्रिया दिनुहोस्