10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन ७, २०८०  

साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रकाशित मितिः आइतवार, साउन ७, २०८०     11:04:35 AM  |