21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

‘केपी बा’ यूट्युब च्यानल सब्सक्राइब गर्न ओलीको आह्वान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन ७, २०८०  

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो यूट्युब च्यान ‘केपी बा’ सब्सक्राइब गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् ।

२०५२ सालको हेलिकोप्टर दुर्घटनाबाट ज्यान जोगिएको संक्षिप्त अनुभव उल्लेख गर्दै ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका
हुन् ।

‘मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरु मेरो यूट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु’ ओलीले लेखेका छन्, ‘आगामी दिनमा पनि म यस्तै अनुभवहरु बाँड्दै जानेछु । च्यानल सब्सक्राइब गर्नुहोस् न है ।’

चार महिनाको अवधिमा यो च्यानलमा ३० वटा भिडियो पोष्ट गर्दा पाँच हजार ६ सय जनाले सब्सक्राइब गरेका छन् ।

 

प्रकाशित मितिः आइतवार, साउन ७, २०८०     7:27:16 AM  |