21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

‘हामीलाई लुगा फुकाल्न लगाइयो, भाइको हत्या भयो, प्रहरी मुकदर्शक बन्यो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ६, २०८०  

‘हामी प्रहरीको गाडीमा थियौं। प्रहरीले हामीलाई बचाउनेछ भन्ने मलाई लागेको थियो। मैतेई केटाहरूको भीडले कारलाई घेरेको थियो। तिनीहरूले हामीलाई बाहिर निकाले र हामीलाई यता-उता छुन थाले।

भीडले भन्यो- यदि बाँच्न चाहन्छौ भने लुगा फुकाल। हामीले सहयोगको लागि प्रहरीहरूलाई हेर्यौं, तिनीहरू चुप भए त्यसपछि हामीले आफ्नो लुगा फुकाल्यौं’ २१ वर्षीया पीडितको भनाइ यस्तो छ।

उनी आघातमा छिन्, फोनमा उठाउँदिनन्, तर उनको साथीले सबै कथा सुनाउँछिन्। यो त्यो युवतीको कथा हो, जसलाई १९ जुलाईमा भाइरल भिडियोमा तपाईंले अवश्य देख्नु भएको होला।

उक्त भिडियोमा अर्की महिला पनि थिइन्। उमेर ४२ वर्ष। उनको लुगा पनि फुकालियो। उनी भन्छिन्, ‘भीडले आफूहरूदाई लुगा फुकालेनौ भने मर्नेछौं भने। मैले आफूलाई बचाउन लुगा फुकालें। तिनीहरूले मलाई कुटपिट गर्न थाले, मेरो शरीर छोए। मलाई बलात्कार भएको होइन।‘

त्यहाँ अर्की ५३ वर्षकी महिला थिइन्। भिडियोमा उनी छैनन् तर उनको लुगा पनि उतारिएको छ।

मणिपुरमा ३ मेमा हिंसा भड्कियो र यो भिडियो ४ मेको हो। भाइरल भएको भिडियोको छानबिनका क्रममा भारतीय सञ्चार संस्था भास्कर दैनिकले पीडित महिला र प्रहरीसँग कुरा गरेका थिए जसले गत मे १८ मा पहिलो पटक उजुरी दिएका थिए।

बचाउन आएका भाइलाई भीडले कुटपिट गरी हत्या

साइकुल प्रहरी चौकीमा तैनाथ एसएचओ लुङ्थाङले यस विषयमा पहिलो उजुरी दिएका हुन्। उनी भन्छिन्, ‘मे १८ मा बी फानोम गाउँका हेडम्यान हाङबोई वाइफेई काङपोकपीको साइकुल प्रहरी चौकीमा आएका थिए। उनीसँगै पीडित पनि थिए। मैले सम्पूर्ण घटना सुने र एफआईआर दर्ता गरें।

लुङ्थाङले पीडित (२१ वर्षीया युवती) आफूलाई भेट्दा निकै डराएको बताइन्। उनी बारम्बार रोइरहेकी थिइन्। उनले अरु ४ जनासँग आफ्नो गाउँबाट जंगलतिर भागेको बताइन्। बाटोमा प्रहरीको गाडी देखियो। प्रहरीले उनीहरुलाई लिएर गएको थियो तर बाटोमा भीडले पाँचैजनालाई नियन्त्रणमा लिएको थियो।

लुङ्थाङका अनुसार पहिले पीडितका बुवाको हत्या भएको थियो। त्यसपछि महिलाहरूलाई लुगा फुकाल्न निर्देशन दियएको थियो। २१ वर्षीया युवतीमाथि बलात्कार भएको थियो। उनका १९ वर्षीय भाइले उनलाई बचाउन खोजेका थिए। भीडले केटालाई कुटेर मारे। यसपछि तीनै महिलाको लुगा निकालियो र २१ वर्षीया युवतीमाथि पनि सामूहिक बलात्कार भयो।

मुख्य अभियुक्तसहित ४ जना पक्राउ

भिडियोमा युवतीलाई समातेर बसेका हुइरेम हेरोदास मेइतीलाई प्रहरीले पक्राउ गरेको छ। पेची अवाङ लेकाई बस्ने ३२ वर्षीय हुइरेमलाई प्रहरीले मुख्य अभियुक्तको रुपमा पहिचान गरेको छ। पहिचान भएपछि प्रहरीले उनलाई बिहीबार बिहान ठौवेल जिल्लाबाट पक्राउ गरेको हो। यसैबीच, गाउँलेहरूले हेरोदको घरमा आगो लगाए र उनको परिवारलाई बहिष्कार गरे। बिहीबार साँझ थप तीन अभियुक्त पक्राउ परेका छन्।

प्रधानमन्त्रीले भने– मेरो मन दुख र क्रोधले भरिएको छ

उक्त घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाले आफ्नो मन दुख र क्रोधले भरिएको बताएका छन्। उनले भने, ‘आज मेरो मन दुख र क्रोधले भरिएको छ। मणिपुरका छोरीहरूलाई के भयो त्यो कहिल्यै माफ हुन सक्दैन।

म सबै मुख्यमन्त्रीहरूलाई शान्ति सुरक्षा बलियो बनाउन भन्छु। आमा दिदीबहिनीको सुरक्षाको लागि कडा कदम चाल्नुहोस्। भारतको जुनसुकै कुनामा वा कुनै पनि राज्यमा, राजनीतिक बहसभन्दा माथि उठेर कानुन र व्यवस्था र बहिनीहरूको सम्मानलाई प्राथमिकता दिइन्छ।‘

विगत साढे दुई महिनादेखि मणिपुरमा मैतेई र कुकी समुदायबीच हिंसात्मक द्वन्द्वका घटनामा १३० जनाको ज्यान गएको छ भने ६०,००० जना विस्थापित भएका छन्।

प्रकाशित मितिः शनिबार, साउन ६, २०८०     10:09:03 AM  |