4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

कोहलपुरको बसपार्क नजिकै पुरूषको शव फेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ६, २०८०  

बाँके ।

कोहलपुरको छोटो दुरीको बसपार्क नजिकै शुक्रबार एक पुरूष मृत अवस्थामा फेला परेका छन् । बसपार्क नजिकै झाडी भएको खाल्डोमा पुरूषलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले आवश्यक प्रक्रिया पु¥याएर शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाएको थियो । स्थानीय प्रहरीकाअनुसार मृतक बैजनाथ गाउँपालिका–६ पार्वतीपुरका ऐन बुढाक्षेत्री रहेका छन् ।

मृत्युको कारण खुल्न नसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्नसक्ने एक अनुसन्धान अधिकृतले मिसन टुडेलाई जानकारी दिए ।

घटनाबारे इलाका प्रहरी कार्यालय कोहलपुरले सुक्ष्म रूपमा अनुसन्धान अगाडि बढाएको जनाएको छ । बुढाक्षेत्री मृत फेला परेको स्थान नजिकै केही दिनअघि अर्का एक पुरूष समेत मृत फेला परेका थिए ।

प्रकाशित मितिः शनिबार, साउन ६, २०८०     9:07:59 AM  |