11 September 2024  |   बुधबार, भदौ २६, २०८१

कोहलपुरमा प्रहरीको सुविधा सम्पन्न पेट्रोल पम्प निर्माण हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ४, २०८०  

शिवानी विक । बाँके (कोहलपुर) ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुरमा सुविधा सम्पन्न नमुना पेट्रोल पम्प निर्माण थालिएको छ । प्रहरीको कल्याण कोष नेपालले उक्त पेट्रोल पम्प निर्माण गर्न थालेको हो ।

कल्याणकारी कार्यक्रमलाई बढाउँदै लैजाने र सबै स्थानमा चौबिसौँ घण्टा सुविधा पु¥याउने उद्देश्यले उक्त पेट्रोल पम्प निर्माण गर्न थालिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जनाए । उनका अनुसार यस्तै प्रकृतिका पेट्रोल पम्प काठमाडौं, चितवन र कैलाली एक/एकवटा निर्माण भएका छन् ।

पम्पमा कार्यालय भवन, जेनेरेटर हाउस र शौचालय निर्माण हुने गरी सहजरुपमा सेवाको पहुँच पु¥याउने योजना रहको बताए । प्रहरीको कोषअन्तर्गत काठमाडौंको, चितवन र कैलालीमा पेट्रोल पम्प सञ्चालन भइसकेको छ ।

सहज र सरल वातावरणमा नगददेखि कार्ड दुवै माध्यमबाट भुक्तानी र पार्किङको सुविधासहित प्रक्रिया भइरहेको छ । पेट्रोल पम्प स्थापनाबारे थप अध्ययन गर्न निगमकै आपूर्ति तथा वितरण विभाग उपनिर्देशकको संयोजकत्वमा समिति पनि गठन गरिएको प्रवक्ता कडायतले बताए ।

एउटा पम्प निर्माण गर्न झन्डै १० कठ्ठा जग्गा आवश्यक हुने र जग्गाको लागतबाहेक पाँच करोड रुपैयाँ बराबर खर्च हुने अनुमान छ । व्यक्तिगत क्षेत्रको व्यापारमा प्रभाव पार्न नभइ भनेकै समयमा सेवा विस्तार गर्ने गरी सुविधा सम्पन्न पेट्रोल पम्प सञ्चालन गर्न थालिएको प्रहरी कल्याण कोषले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, साउन ४, २०८०     8:04:53 PM  |