नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्ने घोषणा ग¥यो । नगरप्रमुख प्रशान्त बिष्टले चौपाया छाडा छाड्ने भनेर पहिचान गरिएका दुईसय जनालाई सम्झाउदै अब चौपाया नछाड्न अनुरोध गर्दै चौपाय व्यवस्थापनका लागि तीन दिनको समय दिए ।
गत असार १९ गते दिएको तीनदिने म्याद सकिएको धेरै भइसक्यो तर सडकमा छाडा चौपाय देखिन छाडेका छैनन् । अहिले पनि मुख्य सडकमा जति पनि घोडा घच्चर देख्न सकिन्छ । यिनले सडक दुर्घटनाको जोखिम बढाएका छन् । परम्परागत रुपमा घोडा, खच्चड पालेर उनीहरुको उपयोग गरि जिविकोपार्जन पर्ने समुदायलाई उद्यमशिलता सम्बन्धि काम दिने समेत गर्दै जथाभावी चौपाय नछाड्न मेयरले दिएको अल्टिमेटम सकिएको छ ।
नगरका कसगर समुदाय (घोडा÷खच्चडधनी) सँग छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रणका सम्बन्धमा छलफल गरिएको नगरप्रमुख बिष्टले बताए । छलफलमा नगरप्रमुख बिष्टले तीन दिनभित्र छाडा छोडिएका आ–आफ्ना पशुचौपायाको व्यवस्थापन गर्न घोडा÷खच्चड धनीलाई निर्देशन दिएका थिए तर कार्यान्वयन भएको छैन ।
त्यसपछि पनि चौपाया छाडा छाडे नगर प्रहरी लगाएर नियन्त्रण लिन लगाउने योजना रहेको थियो । घोडा खच्चड पालन गर्ने समुदायलाई उद्यमशिलता लगाउने उपाय समेत सोचिएको बिष्टले बताए । संघिय सरकारबाट कसगर समुदायका लागि बजेट आएको र उक्त रकम खर्च गरिने उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्