8 September 2024  |   आइतवार, भदौ २३, २०८१

कोहलपुर खानेपानी चुनावः चार दलीय गठबन्धनद्वारा उम्मेदवार सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ४, २०८०  

बाँके ।

कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न निर्वाचनका लागि चार दलीय गठबन्धनले उम्मेदवार घोषणा गरेको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धनले उम्मेदवारहरू घोषणा गरेको हो । चार दलीय गठबन्धनले अध्यक्षको उम्मेदवारमा एमालेका रूद्रप्रसाद खनाललाई अगाडि सारेको छ ।

उपाध्यक्षमा राप्रपाका यामबहादुर रावत, सचिवमा माओवादी केन्द्रका बलबहादुर खड्का (अविरल), कोषाध्यक्षमा एकिकृत समाजवादीकी नारायणी ओली र सह–कोषाध्यक्षमा प्रेम पाण्डे उम्मेदवार रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यका उम्मेदवारमा अन्जना विक, मेनुका न्यौपाने, केशव पोखरेल, दुर्गा काफ्ले र लालबहादुर बुढाथोकीलाई अगाडि सारिएको छ ।

उम्मेदवार घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी, पूर्वमन्त्री आरती पौडेल, नेकपा एमालेका कोहलपुर नगर अध्यक्ष नम प्रसाद शर्मा, माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्का, राप्रपाका नेता रूद्रमणी न्यौपाने, नेकपा एकीकृत समाजबादी कोहलपुरका नगर अध्यक्ष शिव डाँगी, नेताहरू अब्दुल हुँसेन खाँ, बलराम भट्टराई लगायत लगायतको सहभागिता रहेको थियो ।

उनीहरूले खानेपानीमा सुशासन कायम गर्न र कोहलपुरबासीलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउन गठबन्धन गरेर चुनावमा होमिएको दाबी गरेका थिए । नेपाली कांग्रेसले यसअघि नै एकल रूपमा नेता एक नारायण भुषालको नेतृत्वमा उम्मेदवारहरू घोषणा गरिसकेको छ ।

जसको उपाध्यक्षमा वीरबहादुर बिष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुव्र आचार्य, सहसचिवमा ईश्वर शर्मा, सहकोषाध्यक्षमा बालकुमारी सापकोटा, सदस्यहरूमा झग्गु ओली, गंगा सापकोटा र चक्रदीप शाह रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, साउन ४, २०८०     12:41:01 PM  |