21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

ब्वाइफ्रेन्ड भेट्न गाउँभरकै बिजुली बन्द गर्थिन् प्रेमिका, गाउँलेले भेटेपछि दुवैको ‘राम धुलाई’ !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन २, २०८०  

काठमाडाैं |

प्रेममा मान्छेले के के गर्न सक्छ ? प्रेमी-प्रेमिकाले एक अर्काका लागि के गर्न सक्छन् ? भारतमा एउटा अनौठो घटना बाहिर आएको छ ।

एक प्रेमिकाले प्रेमीलाई भेट्न सारा गाउँकै विद्युत बन्द गर्ने गरेको घटना सार्वजनिक भएको छ । घटना बिहारको चम्पारण जिल्लाको बेतिया भन्ने ठाउँको हो ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार गाउँको बिजुली बन्द गरेपछि अध्यारोमा उनीहरूले प्रेमालाप गर्ने गरेका थिए ।

ती युवतीले गाउँमा बिजुली सप्लाई हुने बिजुली ट्रान्फर्मरमा रहेको एबी (एयर ब्रेक स्विच)मार्फत् बन्द गर्ने गरेकी थिइन् । बिजुली बन्द भएपछि उनीहरूले भेट्ने गरेका थिए ।

घटना चार दिनअघि बाहिर आएको हो । लगातार बिजुली जान थालेपछि गाउँलेहरू चनाखो बनेका थिए । रातभर अध्यारो हुँदा गाउँमा चोरीका घटना पनि बढेका थिए ।

यसैक्रममा जुलाई १४ मा राति अध्यारोमा ती युवायुवती भेटिरहेको फेला पारेपछि सबै तथ्य खुलेको हो । उनीहरूलाई रंगे हात फेला पारेपछि गाउँलेले कुटपिटसमेत गरेका थिए । गाउँलेले युवकलाई बढी पिटेका थिए ।

गाउँलेहरूले ती युवकलाई पछि प्रहरीकोमा बुझाएका थिए । प्रहरीमा भने युवक र युवतीबीच विवाद गर्ने सहमति भएपछि उनलाई छोडिएको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन २, २०८०     1:05:56 PM  |