8 September 2024  |   आइतवार, भदौ २३, २०८१

बाँकेका उद्योगमा स्वचालित मेसिनको प्रयोग बढ्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन २, २०८०  

नेपालगन्ज ।

कोभिड–१९ (कोरोना भाइरस) पछि बाँकेका ठूला उद्योगमा स्वचालित मेसिनको प्रयोग बढेको छ । यसले भारतबाट यहाँ ल्याउनै पर्ने कामदारको अभाव चिर्ने र उत्पादनसमेत वृद्धि भइरहेको उद्योगी बताउँछन् ।

नेपालगन्जको प्रतिष्ठित शिखर प्लाई उद्योगले कोभिड–१९ मा झेलेको कामदार अभावबाट पाठ सिकेर स्वचालित मेसिन भिœयाएको छ । ढोका निर्माणका लागि उपयोगी सावित भइरहेको उक्त मेसिन प्लाई उद्योगका क्षेत्रमा नेपालकै पहिलो भएको उद्योगी चप्पालाल बोथराले
बताए ।

‘कोभिड–१९ का बेला हामीले कामदारको अभाव निकै झेल्यौं । त्यसबाट पाठ सिकेरै अटोमेटिक मेसिनल्याएका छौं । यो अहिलेको आवश्यकता पनि हो,’ बोथराले भने ‘अहिले सीमित कामदार भए पनि उद्योग चल्ने भयो, अर्कोतिर उत्पादन पनि बढ्ने भयो ।’

बाँकेका ठूला उद्योगमा अधिकांश कामदार भारतीय छन् । कोभिड–१९ का बेला उद्योग सञ्चालनको अनुमति हुँदासमेत यहाँका उद्योगीहरुले कामदार अभावमा उद्योग सञ्चालनमा कठिनाइ व्यहोरेका थिए ।

त्यसैबाट पाठ सिकेर उद्योगहरुले अटोमेटिक मेसिन जडानलाई प्राथमिकता दिएको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले बताए । अटोमेटिक मेसिन अहिलेको आवश्यकता पनि भएको उनको भनाइ छ ।

प्रकाशित मितिः मङ्लबार, साउन २, २०८०     9:40:41 AM  |