12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

कोहलपुरमा ‘कुरा होइन, काम गरौँ’ अभियान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १, २०८०  

कोहलपुर ।

कोहलपुरमा ‘कुरा होइन काम गरौँ’ अभियान सुरु भएको छ । समाज रुपान्तरणका लागि कुरा गर्नेभन्दा काम गर्ने संस्कृतिको विकास गर्ने उद्देश्यले उक्त अभियान सुरु भएको हो । शनिबार ‘कुरा होइन, काम गरौँ’ भन्ने मुल नारासहित कोहलपुर क्षेत्रका व्यवसायी तथा अभियान्ताहरुले गोलपार्क नजिकै ¥याली आयोजना गरेका थिए ।

नगर विकासमा सहयोग पु¥याउने, सामाजिक कार्य गर्ने र काम गर्ने संस्कृतिको विकास गर्ने उद्देश्य राखेर कोहलपुरमा पहिलोपटक ¥याली आयोजना गरिएको अभियानता विष्णु केसीले बताए ।

उनका अनुसार ‘कुरा होइन, काम गरौँ’ स्वयम्सेवी अभियान हो । कुनै पनि व्यक्ति जुनसुकै व्यवसायमा आबद्ध भएता पनि सामाजिक कार्य गर्न सकिन्छ । काम गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको उनले बताए ।

उनी भन्छन्, ‘काम जस पाउनलाई होइन । काम गर्नु हाम्रो कर्तव्य हो । कुरा गरेर मात्रै हुनेवाला केही छैन । काम पनि गर्नुपर्छ । काम गरेरै आत्मनिर्भर हुने हो । देशको विकास हुने हो,’ उनले भने, ‘काम नगरी कुरा गर्ने परिपाटीको अन्त्य गर्न खोजेका छौं ।’

कुनै पनि राजनैतिक रंग नमिसाइकन आममानिसले आआफ्नो कर्म इमान्दरीताका साथ गर्नुपर्ने उनले बताए । ¥यालीमा कोहलपुरमा विभिन्न व्यवसाय गरिरहेका युवा व्यवसायीहरुको सहभागिता थियो । उक्त अभियानले आगामी दिनमा थप रणनीति तय गर्ने भएको छ ।

प्रकाशित मितिः सोमवार, साउन १, २०८०     10:04:00 AM  |