8 September 2024  |   आइतवार, भदौ २३, २०८१

बर्दियाको ‘चेल्सी’ चिडियाखानामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १, २०८०  

बाँके ।

बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट टुहुरो अवस्थामा रहेको पोथी कृष्णसार ‘चेल्सी’ लाई सदर चिडियाखाना लगिएको छ ।

कोर क्षेत्रमा पाँच महिना अगाडि माऊबाट बिछोड भएको अवस्थामा भेटिएको पोथी कृष्णसारलाई ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा लगिएको हो ।

कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत विनयकुमार झाका अनुसार पोथी कृष्णसारको बच्चालाई वन्यजन्तु संरक्षणकर्मीको निगरानीमा रेखदेख गरिएको छ । चेल्सीलाई दिनमा चारपटकसम्म दूध खुवाउने गरिएको उनले बताए । वन्यजन्तुलाई बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्र खैरापुरमा नियमित पालनपोषण तथा रेखदेख गरिँदै आइएको उनले जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको निर्णयअनुरुप दुर्लभ वन्यजन्तुअन्तर्गत पर्ने कृष्णसारलाई वन्यजन्तु संरक्षण ऐन २०३० अनुसार संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

‘शुक्रबार राति १० बजे सदर चिडियाखाना पु¥याइएको पोथी कृष्णसारको नाम ‘चेल्सी’ राखिएको छ,’ झाले भने, ‘पाँच महिनाको कृष्णसार अरुभन्दा फरक देखिने भएकाले चेल्सी नामाकरण गरी सदर चिडियाखानाका अरु कृष्णसारसँगै राखिएको छ ।’

प्रकाशित मितिः सोमवार, साउन १, २०८०     9:26:01 AM  |