21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

कोहलपुरमा सिक्टाको नहरमा डुबेर युवतीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ३१, २०८०  

बाँके ।

कोहलपुर– ४ बेलनपुरमा सिक्टा सिँचाई आयोजनाको नहरमा डुबेर बैजनाथ गाउँपालिकाकी एक युवतीको मृत्यु भएको छ ।

रोपाई सकेर नुहाउने क्रममा शनिबार बैजनाथ– ३ की एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

डुबेर मृत्यु हुनेमा २३ वर्षीया तारा बस्नेत (लक्ष्मी) रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

उनीलाई तत्काल उद्दार गरेर मेडिकल कलेज कोहलपुर पु¥याइएपनि मृत्यु भएको थियो । रोपाई सकेपछि उनीसहित तीन जना सिक्टाको नहरमा नुहाउन गएका थिए ।

अन्य दुई जना भने सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, असार ३१, २०८०     9:53:36 AM  |