नेपालगन्ज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आत्महत्या दुरुत्साहन मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । बुधबार नेपालगन्ज–१५ का ३४ वर्षीय सद्दन बेहनालाई प्रहरीले पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतको २०७७ कात्तिक २२ गतेको फैसलाले बेहनालाई आत्महत्या दुरुत्साहन मुद्दामा कैद र जरिवाना फैसला गरेको थियो ।
उनलाई अदालतले ९ महिना २४ दिन कैद र दश हजार जरिवाना गरेको थियो । सजाय तोके पनि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत बाँकेमा पेस गरेको छ ।
प्रकाशित मिति : २०८० असार ३० गते शनिबार









प्रतिक्रिया दिनुहोस्