कोहलपुरको किरणनालामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



बाँके ।

कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरूषको मृत्यु भएको छ । बिहीबार राती कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

कोहलपुर किरणनाला नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृत्यु हुनेमा बाँसगढी नगरपालिका– २ बर्दियाका हेमबहादुर पुन रहेका छन् ।

दुर्घटना लगत्तै उद्दार गरेर नजिकैको मेडिकल कलेज कोहलपुरमा लगिएपनि उनको उपचारका क्रममा राती नै मृत्यु भएको थियो ।
मृतक पुन भे ४ प ८५२३ नम्बरको मोटरसाइकल चालक रहेका थिए ।

उनको शव शुक्रबार नै आफन्तहरूले बुझेर लगिसकेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार