19 June 2024  |   बिहिबार, असार ७, २०८१

नेपाली सेनाले खोल्यो झन्डै ४ सय जनाका लागि विज्ञापन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०  

नेपाली सेनाले विभिन्न पदमा गरी झन्डै ४ सय जनाका लागि नयाँ विज्ञापन खोलेको छ।

सैनिक मुख्यालय भद्रकालीका अनुसार मेडिकल, इन्जिनियरिङ, हवाई इन्जिनियरिङ, लेखा, समाचार सम्पादक/वाचक, हवाई सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको हो।

ती पदहरूमा साउन २७ गतेसम्म नियमित शुल्क र भदौ २ गतेसम्म दोब्बर शुल्क बुझाए आवेदन दिन सकिनेछ।

प्रकाशित मितिः शुक्रबार, असार २९, २०८०     8:29:15 PM  |