प्राविधिक समस्या देखिएपछि चन्द्रगढी उडेको बुद्धको जहाज फर्कियो काठमाडौं



काठमाडौं।

बुद्ध एयरको चन्द्रगढी उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि त्रिभुवन विमानस्थलमै फर्किएको हो।

‘१:५३ मा उडेको जहाजको इण्डिकेसनमा समस्या देखिएपछि २:१० मा काठमाडौं विमानस्थलमै सुरक्षित अवतरण भइसकेको छ,’ प्रवक्ता सिटौलाले भने।

  • No tags available
प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार