विज्ञान र व्यवस्थापनमा अब्बल होलील्याण्ड



तिलक गाउँले । नेपालगन्ज ।

होलील्याण्ड कलेज, पश्चिम नेपालका धेरै विद्यार्थीको विज्ञान र व्यवस्थापन संकाय पढ्ने प्रमुख गन्तव्यका रुपमा स्थापित छ ।

स्थापनाको २८ वर्ष पार गर्दैगर्दा विद्यालयदेखि ‘प्लस टु’सम्म आइपुग्ने एउटा स्थापित शैक्षिक संस्थाका रुपमा आफूलाई विकास गर्न सकेको उक्त कलेजका संस्थापक प्रिन्सिपल प्रशान्त श्रेष्ठ बताउँछन् । पढ्ने विद्यार्थीले ल्याएका उत्कृष्ट नतिजाको सूची देखाउँदै उनी भन्छन्, ‘यो हाम्रो मात्र दाबी होइन, यिनै नतिजाले कलेज अब्बल भएको प्रमाणित गर्छ ।’२०५१ सालमा विद्यालयका रुपमा स्थापना भएको होलील्याण्डले २०६६ सालबाट प्लस टु (कक्षा १२) का कार्यक्रम सञ्चालन गर्दै आएको छ । शुरुवाती चरणमा विज्ञान, शिक्षा र व्यवस्थापन सुरु गरिएको थियो ।

तर शिक्षा संकाय हाल बन्द भए पनि विज्ञान र व्यवस्थापन संकाय भने सञ्चालन भइरहेका छन् । प्लस टु सञ्चालनको पहिलो शैक्षिक सत्रमै रमेशकुमार यादव क्षेत्रीयरुपमा उत्कृष्ट, चित्रा प्रसैलालगायतका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएको प्रिन्सिपल श्रेष्ठ बताउँछन् । गुणस्तरीय शिक्षण सिकाइको परिणाम निरन्तर उत्कृष्ट नतिजा ल्याउन सकिएको बताउँदै उनी भन्छन्, ‘गुणस्तरीय शिक्षण सिकाइको खास विशेषतालाई विद्यार्थीले रोज्ने गरेका छन् ।’

विज्ञान र व्यवस्थापन संकायमा विभिन्न कार्यक्रमको अध्ययन भइरहेको छ । ति कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान दिलाउनका लागि अधिकतम प्रयोगात्मक शिक्षा पद्धतिलाई प्राथमिकता दिएको प्रिन्सिपल श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘सहरदेखि ग्रामीण क्षेत्रबाट उच्च शिक्षाका लागि आउने विद्यार्थीको भविष्यको सवाल भएकाले हामीले पढाइमा कुनै सम्झौता गर्दैनौं । सैद्धान्तिकसहित प्रयोगात्मक शिक्षालाई हामीले प्राथमिकतामा राखेका छौं ।’

पढिसकेपछि आफ्ना विद्यार्थी कुनै रोजगारमा लाग्नुपर्छ भन्ने आफूहरुमा सोचाइ रहने श्रेष्ठको भनाइ छ । उच्च शिक्षाको जग होलील्याण्डबाट बसालेका विद्यार्थीहरु सरकारी तथा गैरसरकारी क्षेत्रमा कर्मचारीका रुपमा काम गरिरहेको पाउँदा खुसी लाग्ने बताउँदै श्रेष्ठ भन्छन्, ‘होलील्याण्डको पढाइको उद्देश्य र मर्म यही हो ।’

  • No tags available
प्रकाशित मिति : २०८० असार २९ गते शुक्रबार