17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

प्राविधिक समस्या देखिएपछि धनगढी उडेको श्री एयरको विमान काठमाडौं फिर्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार १६, २०८०  

काठमाडौं ।

प्राविधिक समस्याका कारण काठमाडौं धनगढी उडानको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ ।

श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो । त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ । धावनमार्ग भने खाली भएको छ ।

प्रकाशित मितिः शनिबार, असार १६, २०८०     6:14:04 PM  |