बाघको छालासहित तीन जना पक्राउ



कोहलपुर : पाटेबाघको छाला र हड्डीसहित तीन जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट तीन जना पुरुष पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कार्यालय र नेपाल प्रहरीको लुम्बिनी प्रदेशको विशेष टोलीले छाला र हड्डीको कारोबार भइरहेको सूचनाको आधारमा तीन जनालाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ पर्नेमा, दैलेखको ठाटीकानडा गाउँपालिका वडा नम्बर ४ घर भएका सुनिल चुनारा, सोही जिल्ला भगवती गाउँपालिका वडा नम्बर ५ का नविन कुमार कसेर, अछामको पन्चदेवल गाउँपालिका वडा नम्बर २ का टोपेन्द्र शाही रहेका छन् ।
उनीहरु कोहलपुर नगरपालिका ११ स्थित पुर्व–पश्चिम राजमार्गमा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । बाघको छाला र हड्डी फेला पारी उनीहरूलाई नियन्त्रण लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले बताए । उनका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १६ गते शनिबार