राजापुरमा सनराइज बैंकको वित्तीय साक्षरता



नेपालगन्ज ।

सनराइज बैंक लिमिटेड नेपालगन्ज शाखाले बर्दियाको राजापुरमा गत सोमबार र मंगलबार वित्तीय साक्षरता एवम् अनाज खेतीसम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय ३१ जना सर्वसाधारणलाई राजापुरमा उत्पादन हुने कृषि उपादनका बारेमा प्रशिक्षण दिइएको थियो भने बैंक तथा वित्तीय साक्षरताका विषयमा जानकारी दिइएको थियो ।

सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा गरिएको कार्यक्रममा बैंकका नेपालगन्ज शाखा प्रमुख हरिहर सुवेदी, प्रधानमन्त्री कृषि कार्यक्रमका स्थानीय प्रमुख कृष्ण धिताल, बैंकका कर्जा प्रमुख गोपाल ओली सहभागी थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८० असार १४ गते बिहीबार