17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

रेफ्रिजेरेटर तथा एसी मर्मत तालिम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार १३, २०८०  

कोहलपुर (बाँके),रेफ्रिजेरेटर तथा एसि मर्मत सम्बन्धी ४५ दिने तालिम सकिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा गुरु गणपति इलेक्ट्रिकलको आयोजनामा सञ्चालित ४५ दिने तालिम सम्पन्न गरिएको हो ।
तलिम समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाका आर्थिक बिकास शाखा संयोजक बिर बहादुर बिकले युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।

सहभागीहरुलाई सिकेको सीपलाई व्यवहारिक रुपमा लागु गर्न आग्रह गरेका छन् । सञ्चालन गरिएका तालिम उपयोगी भएन भनेर जनगुनासो आउदै गर्दा यस तालिमले धेरै युवाहरुको रोजगारीको मुख्य आम्दानीको स्रोत भएको बताए । साथै आगामी दिनमा कोहलपुर नगरपालिकाले सि.टि.भि.टी.सँग समन्वय गरेर तीन महिना एडभान्स् लेवलको तालिम दिने समेत प्रतिबद्धता ब्यक्त गरे ।

तालिममा सहभागीको तर्फबाट बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ८ का संजय जिसीले रेफ्रीजेरेटर तथा एसी मर्मतका बारेमा आफूहरुले धेरै कुराहरु सिकेको बताए । तालिम पयाप्त नभएकाले आगामी दिनमा कोहलपुर नगरपालिकाले एन्डभान्स लेवल तथा लेवल १ तहको तालिम आयोजना गर्न आग्रह गरेका छन् ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १० की रेखा रेग्मीले तालिमबाट सिकेको सिपलाई व्यवहारिक रुपमा लागूगरी व्यवसायको मुख्य स्रोत बनाउने बताएकी छन् । तालिममा २० जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षक गोपाल बहादुर सुनारले रेफ्रीजेरेटर तथा एसि मर्मतका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । साथै कोहलपुर नगरपालिकाले आगामी दिनमा हाउस वाइरिङ सम्बन्धी तालिम समेत युवाहरुले दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः बुधबार, असार १३, २०८०     3:20:41 PM  |