कोहलपुर (बाँके)
कोहलपुर नगरपालिकाले सिकलसेल एनिमिया संक्रमित व्यक्तिहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सिकलसेल भएका व्यक्तिलाई रोग सम्बन्धि थप जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी नगर उप–प्रमुख संगिता सुवेदील सिकलसेलका लक्षण भएकाहरुलाई आफ्नो समस्या नलुकाउन आग्रह गरिन् ।
उनका अनुसार अभिुमखीकरणको अवसरमा सिकलसेल भएका बिरामीहरुलाई धेरै कुरा सिकाइएको छ । सिकेका कुरा व्यवहारमा लागू भएमा रोग नियन्त्रणमा सहयोग पुग्ने बताइन् । आगामी दिनमा नगरपालिकाले गर्नुपर्ने कार्यका विषयमा पनि उनीहरुसँग सुझाव माग गरिएको छ ।
सरकारले सिकलसेल भएका बिरामीहरुको एक लाख निःशुल्क औषधि उपचार गर्दै आएको छ । यो रकम प्रयाप्त नभएको भन्दै कोहलपुर नगरपालिकाले उपचारमा सहजीकरण गर्ने उनले बताइन् । कोहलपुर नगरपालिकाले सिकलसेल भएका व्यक्तिहरुको निःशुल्क बिमा गराइने दिने पनि उनको भनाइ थियो ।
सिकलसेल भएका व्यक्तिले बिवाह गर्दा रातो कार्ड पाएकाले हरियो कार्ड सँग, पहेलो कार्ड पाएकाले हरियो कार्ड भएकासँग र हरियो कार्ड पाएकाले हरियो कार्ड भएका सँग विवाह गर्न आग्रह गरिन् ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकारमा ढकालले सिकलसेल एनिमिया भएका व्यक्तिबाट नै सुझव संकलन गरी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
उनले रोग न्युनिकरणका लागि प्रयोग गरिने महंगो औषधिपनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउने जानकारी दिएका छन् । यसको रोकथामबारे जनसचेतना कार्यक्रम र स्वास्थ्य शिक्षाबाट नै यो रोगको न्यूनीकरण गर्न सकिनेमा उनले जोड दिएका थिए ।
अबको २० वर्षसम्म यो रोगको अन्त्य गर्ने लक्ष्य नगरले लिएको बताएका छन् । यसै,बीच कार्यक्रममा बोल्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरकी बाल रोग विशेषज्ञ डाक्टर रोमा बोराले यो रोगका कारण विशेष गरी बालबालिकामा बढि समस्या हुने भएकाले हेरचाहमा ध्यान दिन आग्रह गरिन् ।
परिवारमा श्रीमान र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पीडित भएमा उनीहरुबाट जन्मने बच्चाहरुमा समेत सिकलसेल एनिमिया हुने सम्भावना अधिक हुने गरेको उनले बताइन् । त्यसैले,उनीहरुमा रोग भए,नभएको पहिचान गरेर मात्र विवाह गर्ने सल्लाह दिएको खण्डमा नयाँ पुस्ताहरुलाई सिकलसेल एनिमिया हुनबाट जोगाउन सकिने उनको भनाइ थियो ।
पछिल्लो समय यो रोग थारु समुदायका व्यक्तिलाई मात्र नभई अन्य समुदायका व्यक्तिमा पनि लाग्ने भएकोले कोहलपुर नगरपालिकाले परिक्षण सुरु गरेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका सिकलसेल एनिमिया रोगका फोकल पर्शन शिव गौतमले बताएका थिए ।
यसअघि कोहलपुर नगरपालिकाले १५ वटै पालिकामा सिकलसेल एनिमिया तथा थालेसेमिया रोगको अभियान सञ्चालन गरिसकेको छ ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
प्रतिक्रिया दिनुहोस्