17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बाँकेका सबै पालिकाको बजेट करिब ६ अर्ब

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार १२, २०८०  

कोहलपुर,  बाँकेका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुत गरेका छन् । बजेटमार्फत यहाँका पालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, कृषि र रोजगारीलाई प्राथमिकता दिएका छन् ।
यहाँका आठवटै पालिकाको पाँच अर्ब ९२ करोड ३७ लाख पाँच हजार ६ सय ५९ रुपैयाँको बजेट प्रस्तुत भएको छ ।

जिल्लाका आठ स्थानीय तह मध्ये सबैभन्दा धेरै बजेट नेपालगन्ज उपमहानगरपालिकाले प्रस्तुत गरेको छ भने सबैभन्दा कम बजेट जानकी गाउँपालिकाको छ । नेपालगन्ज उपमहानगरपालिकाले एक अर्ब ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।


सबैभन्दा कम जानकी गाउँपालिकाले ४६ करोड १० लाख ८९ हजार ६ सय १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जानकीले सबैभन्दा पहिला बजेट प्रस्तुत गरेको थियो । १३औँ नगरसभामार्फत कोहलपुर नगरपालिकाले एक अर्ब सात करोड ७४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने खजुरा गाउँपालिकाको ८३ करोड ३९ लाख ५३ हजार ६ सय ५८ रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकामध्ये जनसंख्या र भुगोलको आधारमा सबैभन्दा ठूलो गाउँपालिकाको रुपमा रहेको राप्तीसोनारीले ८० करोड ९१ लख २८ हजार बजेट प्रस्तुत गरेको गाउँपालिकाले जनाएको छ ।

बैजनाथ गाउँपालिकाले ६९ करोड ९९ लाख ३५ हजार नौ सय ७५, डुडुवा गाउँपालिकाले ४८ करोड ८४ लाख ३४ हजार र नरैनापुर गाउँपालिकाले ४८ करोड ६२ लाख दुई हजार आठ सय ७३ रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

नरैनापुर र राप्तीसोनारी गाउँपालिकाले बजेटमा सबैभन्दा बढी महŒव शिक्षा, सामाजिक विकास र पूर्वाधार विकासमा दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले शिक्षा र पूर्वाधार विकाससँगै स्वास्थ्यलाई प्राथमिकता दिएको देखिन्छ ।

प्रकाशित मितिः मङ्लबार, असार १२, २०८०     2:26:50 PM  |