‘नेपाली खेलकुदको वृत्तान्त’असार चौथो साता बजारमा आउँदै



नेपालगन्ज । क्रियटिभ बुक्सले खोजमूलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन गर्ने भएको छ । नेपाली खेलकुदको समग्र इतिहासको वृत्तान्त खोतल्न क्रियटिभ बुक्सले असार चौथो साता उक्त पुस्तक बजारमा ल्याउने भएको हो ।खेल पत्रकार नवीन अर्यालकृत उक्त पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा यही असार चौथो सातासंघीय राजधानी काठमाडौंमा सार्वजनिक गर्न लागिएको हो । लामो समय खेलकुद पत्रकारितामा संलग्न अर्यालको यो पहिलो पुस्तक हो । पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद वृत्तान्त समेटिएको छ । नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथार खेल-यात्राको वणर्न गरिएको छ । साथै, सीमित साधनस्रोतबीच नेपालको घरेलु खेलकुदलाई संस्थागत र संरचनागतरुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपीबद्ध गरिएको छ ।

ऐतिहासिक तस्विर, चिठीपत्र र अन्तरराष्ट्रिय सञ्चार माध्यममा प्रकाशित समाचारले पुस्तकलाई तथ्यगत र विश्वसनीय बनाउनेछ । नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि पनि यो पुस्तक महŒवपूणर् दस्ताबेजका रुपमा रहने विश्वास गरिएको छ । नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शून्य रहेका बेला यो पुस्तक खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महŒवपूणर् सामग्री बन्ने अपेक्षा प्रकाशक क्रियटिभ बुक्सले गरेको छ ।

भारोत्तोलनका कीर्तिमानी खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनबाट यात्राआरम्भ गरेको क्रियटिभ बुक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीको पुस्तक कप्तान १९९८ प्रकाशन गरिसकेको छ । साथै, निकट भविष्यमै खेलकुदसम्बन्धी करिब आधा दर्जन पुस्तक प्रकाशनको तयारीमा रहेको क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले जनाए ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १० गते आइतबार