मोबाइल पसल फोडेर चोरी गर्ने तीनजना चोर पक्राउ



मधुर पौडेल,बाँसगढी
मोबाइल पसल फोडेर चोरी गर्ने तीनजनालाई ईलाका प्रहरी कार्यालय मोतिपुरको टोलीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका वडा नम्बर ६ का २८ वर्षीय भीमबहादुर गुरुङ, २० वर्षीय धनबहादुर लुहार र १८ वर्षीय अन्मोल गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।


बाँसगढी नगरपालिका वडा नम्बर ८ लक्ष्मणा बजारमा २४ वर्षीय केशव न्यौपानेको मोबाइल जोन नेपाल पसलको ताला फोडी उनीहरुले करिब तीन लाख १६ हजार रुपैयाँ बराबरका कम्प्युटर, मोबाइललगायतका सामान चोरी गरेका थिए । ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी निरीक्षक सुधीरकुमार खड्का नेतृत्वको टोली अनुसन्धानमा खटेको थियो ।

‘चोरी भएका सामान बाँसगढी नगरपालिका वडा नम्बर ६ स्थित एकता सामुदायिक वन जंगलभित्र प्लास्टिकको बोरीमा राखी खाल्डोमा लुकाइछिपाई राखेका छन् भन्ने गोप्य सूचाना प्राप्त भएको थियो,’ प्रहरी निरीक्षक खड्काले भने, ‘उक्त स्थानमा जाँदा सामान भेटिए ।’
मोबाइल ६ थान, हेडफोन दुई थान, बुफर दुई, मोनिटर एक, कम्प्युटरको ¥याम एक, किबोर्ड एक, माउस एक, ल्याप्टपको चार्जर एक र कम्प्यूटरको पावर सप्लार्स एक थानलगायतका सामान उनीहरुले चोरी गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ९ गते शनिबार