कुल पाँच अर्ब लगानीमा निर्माण हुन थालेको उक्त ग्रीन सिटीले नेपालगन्जमा लगानी भिœयाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । यहाँ करिब एक हजार घरधुरी हुनेछ ।
तिलक गाउँले । नेपालगन्ज (बाँके) ।
बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै सहरभन्दा अलग एकान्त तथा मनोरम वातावरणसहित ‘नेपालगन्ज ग्रीन सिटी’ निर्माण हुन थालेको छ । रासिद अहमद कुरेसी अध्यक्ष रहेको कालीका हाउजिङ प्रालिले नेपालगन्ज–६ स्थित हरियाबाबा रोड रामनगरमा उक्त ग्रीन सिटी निर्माण गर्न थालेको हो ।
निर्माणाधीन उक्त सिटी नेपालगन्जका १३ र १७ नम्बरसँग पनि जोडिएको छ । उक्त सिटी २५ बिगाह क्षेत्रफलमा फैलिएको छ । ५० बिगाह क्षेत्रफलमा फैलाउने उद्देश्य राखिएको नेपालगन्ज ग्रीन सिटीका प्रोजेक्ट डाइरेक्टर इरसाद राईले जनाए । यसका लागि थप २५ बिगाह जग्गा खरिद भएको उनी बताउँछन् । कुल पाँच अर्ब लगानीमा निर्माण हुन थालेको उक्त ग्रीन सिटीले नेपालगन्जमा लगानी भिœयाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । यहाँ करिब एक हजार घरधुरी हुनेछ ।
यहाँका लागि बैंक र ठूला अस्पतालसँग समन्वय भएको उनको भनाइ छ । ‘ठूलो व्यवस्थित सिटी हुन्छ,’ उनले भने, ‘जसका लागि अस्पताल, बैंक, व्यावसायिक स्थान त चाहिन्छ ।’ यसका लागि काठमाडौं र भारतीय अस्पतालहरुलाई लगानी गर्न अनुरोध गरिरहेको बताइएको छ । उक्त ग्रीन सिटीभित्र व्यावसायिक मार्केट पनि हुनेछ ।
जसले यहाँ बसोबास गर्ने नागरिकलाई किनमेलका लागि बाहिर जानुपर्ने झन्झट नहोस् । यसमा पाँच सयभन्दा बढी किफायती हाउजिङ युनिट तथा सर्भिस प्लेटको विकास गर्ने लहर छ । हरित स्थान परिदृश्यसहित सामुदायिक अन्तरक्रियाइ बढावा दिएइको कालीका हाउजिङ कम्पनीले जनाएको छ । ‘व्यक्तिगत घर प्राकृतिक प्रकाश भेन्टिलेशन अनुकूल हुनेछन्,’ उनले भने, ‘प्रत्येक घरहरुलाई वर्षायामको पानी संकलन गर्न सकिने गरी डिजाइन गरिएको छ ।’

प्रत्येक घरधुरीलाई घरआँगनका बिरुवा रोप्न प्रोत्साहन गरिनेछ । स्वच्छ हरियालीसहित परिदृश्यको लागि ३५ प्रतिशतभन्दा बढी भूमि छुट्याइ हरियाली सहरलाई प्रोत्साहन गरिएको भन्दै उनले भने, ‘प्रत्येक घरका उपयुक्त क्रस भेन्टिलेशन प्राकृतिक प्रकाशसहितको डिजाइन गरिएको छ । मौसम अनुकूल हावापानीलाई सामना गर्न साइड प्लानिङ गरिएको छ ।’
कुशल योजनासहित पूर्वाधार लागतलाई न्यूनतम बनाइ साइड प्लानिङ गरिएको उनको भनाइ छ । शान्त, स्वच्छ तथा हरियाली वातावरणमा अवस्थित रहेको यहाँ घडेरी र घर किनमेल सुरु भएको छ ।
नेपालकै नमुना बस्ती हुनेगरी आफ्नै कम्पाउण्डभित्र स्कुल, कलेज, हस्पिटल, व्यावसायिक योजना हुने छन् । ग्रीन सिटीभित्रै बसोबास गर्ने जनशक्तिलाई लक्षित गरी रोजगार दिने उद्देश्यले विभिन्न उद्योग तथा कलकारखाना खोलिने योजना रहेको उक्त कम्पनीले जनाएको छ । ‘हरेक आयस्तरका वर्गलाई लक्षित गरी सबैजना अट्न सक्ने गरी प्लानिङ गरिएको छ,’ उनी भन्छन्, ‘कम्पाउण्डभित्र विद्युतीय तार अण्डरग्राउण्ड गरिने ।’ अहिले आकर्षक घडेरी पनि सुपथ मूल्यमा बिक्री भइरहेको कालीका हाउजिङले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्