बाँसगढीमा देवरले बञ्चरो प्रहार गर्दा भाउजू गम्भीर घाइते



मधुर पौडेल । बाँसगढी ।

घरयासी झगडा हुँदा बाँसगढी नगरपालिका– ८ ककौरामा देवरले भाउजूलाई घरेलु हतियारले आक्रमण गरेका छन् ।

शनिबार साँझ साढे ५ बजेतिर देवरले भाउजूलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले जनाएको छ ।

प्रहरीका अनुसार ३३ वर्षीय देवर मिलन थारुले ३८ अन्दाजी ३८ वर्षीया भाउजूलाई घर नजिकैंको सडकमा घरेलू हतियारले आक्रमण गरेका हुन् । स्थानीयबासीले बञ्चरो प्रहार गरेको बताएपनि हालसम्म पनि बञ्चरो फेला नपरेको बाँसगढी प्रहरीले जनाएको छ ।

घाइतेको शरिरका विभिन्न भागमा गहिरो चोटपटक लागेको छ । गम्भीर घाइतेलाई कौशिल्या अस्पताल बाँसगढीमा उपचार पश्चात थप उपचारका लागि नेपालगन्जतर्फ लगिएको छ ।

घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ । घटनाको अनुसन्धानको लागि बाँसगढी प्रहरी घटनास्थलमा पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २ गते शनिबार